काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा विमानस्थलको क्षमता विस्तार गरी बढ्दो यात्रुचाप व्यवस्थापन गर्न र मौलिक परम्परा तथा संस्कृति झल्कने बुटिक विमानस्थल बनाइने बताए।
यो अवधारणा यसअघि २०७६ सालको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो। तत्कालीन समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई नेपाली संस्कृति र परम्परा झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने उल्लेख गरेकी थिइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ पुसमा यो योजनामा काम सुरु गरेको थियो।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०४५ सालमा निर्माण सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन काठमाडौँ उपत्यकाका खेतबारीका गराबाट प्रेरित छ। दुई जर्मन र जापानी इन्जिनियरले खेतका गराको शैलीमा यो विमानस्थलको डिजाइन गरेका थिए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट हटाउन आवश्यक कदम चालिने बताए। साथै, आन्तरिक हवाइ यात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालन गर्न आवश्यक सुविधा उपलब्ध गराइने उनले उल्लेख गरे।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend