Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे आर्थिक सर्बेक्षण


    बिहिबार, जेष्ठ १५ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ को आर्थिक सर्बेक्षण प्रस्तुत गरेका हुन् ।

    गत जेठ १२ गते नै प्रस्तुत गर्ने भनिएको सो सर्बेक्षण प्रतिपक्षी दलको निरन्तरको अबरोध पछि आज बल्ल प्रस्तुत गर्न पाएका हुन् ।

    भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म प्रतिपक्ष दलले संसद चल्न नदिने घोषणा गरे पनि संबैधानिक ब्यवस्था अनुसार संघीय संसदमा आज नै बजेट प्रस्तुत गर्नु पर्ने भएकाले प्रतिपक्ष दलले आजका लागि लचिलो भएको हो ।

    बैठक पुनः ३ बजे बस्नेछ । जहाँ अर्थ मन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार