काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अंकले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend