पर्सा । पर्सा स्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको बिभिन्न औषधी, गाडीसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाड़ी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना।५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैध रूपमा लोड गरिएको बरामद भएको छ।
ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्ति, पिकअप गाडी र बरामद औषधिहरू थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend