पथरी शनिश्चरे, मोरङ । कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श ११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।
झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।
इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २–२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।
सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुनेछ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
सुपर ओभरमा ब्रदर्श-११ झापा विजयी, ग्रीन सिटी इटहरी ५ रनले पराजित
पथरी शनिश्चरे, मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श ११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।
आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।
झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।
इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २-२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।
सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुने छ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुने छ।
मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend