वासिंगटन डिसी । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् ।
वास्तवमा ट्रम्प दोस्रो कार्याकालका लागि फर्किएसँगै देशको राजनीतिक अवस्था यति धेरै परिवर्तन भएको छ कि अहिले रेकर्ड संख्यामा अमेरिकी नागरिकहरू मुख्यतयाः बेलायती नागरिकता पाउने दौडमा लागिरहेका छन् । यो संख्या पछिल्लो २१ वर्षमा सबैभन्दा धेरै हो र यति मात्र होइन हजारौं अमेरिकीले आफ्नो अमेरिकी नागरिकतासमेत त्यागिरहेका छन् ।
बेलायतको गृह कार्यालयको पछिल्लो तथ्याङ्कले सन् २०२५ को जनवरीदेखि मार्चसम्म १ हजार ९३१ अमेरिकीहरूले बेलायती नागरिकताका लागि आवेदन दिएको देखाएको छ। जो सन २००४ यताकै उच्च संख्या हो। यो संख्या पछिल्लो तीन महिनाको तुलनामा १२ प्रतिशत बढी हो।
यस्तो भएको यो पहिलो पटक भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि र कोभिड–१९ ले कहर मचाउँदै आएका बेला पनि अमेरिकी नागरिकहरूले देश छाड्ने प्रवृत्ति बढेको थियो । सन् २०२० को पहिलो ६ महिनामा ५ हजार ८ सयभन्दा बढीले अमेरिकीले अमेरिकाको नागरिकता त्यागेका थिए, जुन सन् २०१९ मा तीन गुणा बढी थियो ।
जनता राजनीतिले मात्र होइन, कर प्रणाली, स्वास्थ्य सुविधाको अवस्था र सामाजिक परिवेशबाट पनि यतिखेर अमेरिकीहरू चिन्तित बनिरहेका छन् । क्याम्ब्रिज एकाउन्टेन्ट्स एक लेखा फर्मका अनुसार यी व्यक्तिहरू हुन्, जो अमेरिका छोडेर क्यानडा, अष्ट्रेलिया वा युरोपका अन्य कुनै देशमा स्थायी रूपमा अन्यत्र सर्न चाहन्छन्।
विशेष गरी बेलायतमा बस्नका लागि स्थिति खोज्ने अमेरिकीहरूको संख्या २०२५ मा ५५०० भन्दा बढी हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा २० प्रतिशत बढी हो।
एकातिर अमेरिकीहरू युरोपतिर फर्किरहेका छन् भने अर्कोतिर युरोपेली देशहरूले पनि कडा कारबाही गर्न सुरू गर्न थालेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टाररले गत हप्ता नयाँ आप्रवासीका लागि नागरिकता सम्बन्धी नियमलाई कडा बनाउने घोषणा गरेका थिए। इटालीले पनि नयाँ कानून पारित गरेको छ, जसका कारण अब पुर्खाको आधारमा नागरिकता बन्द हुने भएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend