Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु, दुई घाइते


    आइतबार, जेष्ठ ११ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको मादी नदी पुलबाट जिप खसेको छ । जीप खस्दा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।

    पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग.२ च. ५७६० नम्बरको जिप व्यास नगरपालिका–३ र ४ जोड्ने पुलको रेलिङ नै भत्काएर मादी नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा व्यास–५ का प्रविन थापामगर, कुमार थापा र कुशल थापाको मृत्यु भएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जना गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार