Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरूद्धका रिटमा आज पनि सुनुवाइ हुँदै


    मंगलबार, माघ ६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा मंगलबार पनि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

    हिजाेकाे सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए । वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् ।

    सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटनगरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार