Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सहरी विकासका इन्जीनीयर ५ लाख ७० हजार घुससहित पक्राउ


    बिहिबार, जेष्ठ १ २०८२
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार साँझ भक्तपुरको ठिमीबाट नियन्त्रणमा लिएको छ ।

    खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिई गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

    इन्जिनियर यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार घुस रकमसहित भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा न १ लोकन्थलीबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार