काठमाडौं । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ ।
आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको हो ।
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य नेपालले ५।४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाएका थिए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिएकी थिइन ।
त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ । पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित बहराइन एक अंकका साथ पुछारमा थन्किएर बाहिरिएको हो ।
अब नेपालले सुपर–३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बहराइन विजयी भएमा नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend