Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • शक्तिशाली सई र इन्स्पेक्टरः जसले एआईजी र आईजीपीलाई घुँडा टेकाए


    बिहिबार, जेष्ठ १ २०८२
    2.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीको फितलो कमाण्ड र मातहतका केही प्रहरीको ब्यवहारले गर्दा सेवाग्राहीले सास्ती पाउँदैआएका छन् ।

    शान्तिसुरक्षा चुस्तदुरुस्त बनाउनुपर्ने अभिभारा बोकेका परिसर प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी अधिकांश समय खाईपिईमै भुल्दा प्रमुख जिल्ला अधिकारीले बोलाएका महत्वपूर्ण बैठकमा समेत एसपी चक्रराज जोशीले प्रतिनिधित्व गर्दैआएका छन् ।

    विवादित इन्स्पेक्टर वीरेन्द्र बोहरा र सई पार्वती उपाध्यायका कारण ललितपुर प्रहरी परिसर बदनाम हु्ँदै गएको छ । एसएसपी अधिकारीले विवादित प्रहरी निरीक्षक वीरेन्द्र बोहरालाई काजमा ल्याएर तीन वटा जिम्मा दिएका थिए । ठाडो उजुरी, इन्टेलिजेन्स, फैसला कार्यान्यवनको समेत बोहरालाई जिम्मा दिएपछि उनले सेवाग्राहीलाई दिनुसम्म दुःख र सास्ती दिएर असुली गर्न थाले । जुन बिषय मिडियामा आएपछि बोहरा काजफिर्ता भए ।

    सई उपाध्याय प्रहरी परिसर ललितपुरमा विगत १५ वर्षदेखि घुमुवाको रुपमा कार्यरत छिन् । सामान्यतया सिनियर अधिकृतलाई एक वर्ष, जुनियर अधिकृतलाई दुई वर्ष र जवान तथा हवल्दारलाई ५ वर्षमा सरुवा गर्नुपर्ने मापदण्ड छ । उपाध्याय एक महिनाअघि सरुवा भए पनि ललितपुरमै छिन् ।

    बोहरा काजफिर्ता भए पनि गृहमन्त्री रमेश लेखककै पावर भिडाएर ललितपुरमै सरुवा मिलाउन सफल भएका छन् । यसअघि प्रहरी बृत्त सातदोबाटोको मुद्दा फाँटमा सेवाग्राहीसँग घुस मागेर हैरान पारेपछि तत्कालीन डीएसपी मदन केसीले तत्कालीन एसएसपी यज्ञविनोद पोखरेलले तानेका थिए । सातदोबाटोमा सेवाग्राहीलाई सास्ती दिएर तानिएका तिनै इन्स्पेक्टर बोहरालाई एसएसपीले ललितपुर

    परिसरको हर्ताकर्ता बनाएका थिए । कार्यालय प्रमुख कार्यालयमा नआई निवासमै खाईपिई बस्नेगरेकाले बोहरालाई परिसरको छायाँ एसपीको रुपमा लिने गरिन्थ्यो । बोहराले शान्ति सुरक्षाको निवेदनमा समेत घुस माग्ने गरेको सेवाग्राहीको गुनासो छ । घुस नदिए नागरिकको काम बिगार्ने, दुःख दिने काम उनले गरेका छन् ।

    सई पार्वती उपाध्याय र बोहराको असुलीमा उछिनापाछिन छ । एसएसपीको कमजोर कमाण्ड र सई र इन्स्पेक्टरको विवादले ललितपुर प्रहरी झनै विवादमा परेको छ ।

    चैत २९ गते सई उपाध्यायलाई कारबाहीस्वरुप काठमाडौं उपत्यका विशेष सुरक्षा त्रिपुरेश्वर काठमाडौं पठाइएको थियो । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ललितपुर परिसरबाट सरुवा गरेको हो ।

    बोहरा विवादमा परेपछि काजफिर्ता भए पनि त्यहीँ सरुवा गराउन सफल भएका छन् । आईजीपी दीपक थापाभन्दा माथि गृहमन्त्रीकै भिटो लगाएर उनी ललितपुरमा सरुवा हुन सफल भएका छन् । दरबन्दी नै कायम गरेपछि उनको ललितपुर प्रहरी परिसरमा उनको चुरीफुरी पुनः बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार