Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा


    बुधबार, बैशाख ३१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।

    आज (बुधबार) सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोचविचार पछि आफू यस्तो निर्णयमा पुगेको बताए ।

    ‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् । आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको उनको भनाइ छ ।

    उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार