विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करी रोक्न सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । बुधबार विराटनगरमा सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाइृ सम्बोधन गर्दै उनले तस्करी नियन्त्रण ३० दिनभित्र अनुभूति हुनेगरी एक्सन लिन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ । तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’ उनले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे ।
गृहमन्त्री लेखकले हाल आइरहेका नयाँ सुरक्षाजन्य चुनौतीको पनि उल्लेख गरे । उनले भने, ‘लागुऔषध, सवारी दुर्घटना र आत्महत्याजस्ता घटनाले गम्भीर चुनौती खडा गरिरहेका छन् । प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु कुनै सामान्य कुरा होइन ।’
संविधान र गणतन्त्रप्रति प्रहार सह्य नहुने चेतावनी दिँदै उनले सार्वजनिक पदमा पुग्न अब वंश, हैसियत वा नाताको भर नपर्ने बताए । गृहमन्त्री लेखकले भने, ‘प्रमुख जिल्ला अधिकारीको छोरा प्रमुख जिल्ला अधिकारी हुने भए त्यो के गणतन्त्र भयो त रु जनमत वा क्षमता, यी दुई आधारबिना सार्वजनिक पदमा पुग्न सकिन्न ।’
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । मुख्यमन्त्री कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतीहरू जटिल बन्दै गइरहेको जनाउँदै पहिचानका नाममा भइरहेका अभियानले नयाँ सुरक्षा खतरा निम्त्याएको बताए ।
पाथीभरा केवलकार परियोजनाको प्रसंग कोट्याउँदै विकाससँगै आउने सम्भावित सुरक्षा चुनौतीप्रति राज्य सतर्क हुनुपर्ने उनले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भने साइबर क्राइम, लागुऔषध ओसारपसार र अवैध गतिविधिलाई वर्तमान समयका प्रमुख चुनौतीका रूपमा रहेको बताए ।
गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend