Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ : डा. भट्टराई


    सोमबार, माघ ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन नेपाली कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बताएका छन् ।

    सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उनको भनाइ थियो ।

    कार्यक्रममा डा. भट्टराईले भने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार