Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ


    मंगलबार, बैशाख ३० २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । आफ्नै श्रीमान ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् ।

    बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार