Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय प्रधानमन्त्री मोदीले साँझ ८ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने


    सोमबार, बैशाख २९ २०८२
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् ।

    पाकिस्तानसँगको संघर्क्ष समझदारी भएपछि प्रधानमन्त्री मोदीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । अप्रिल २२ मा जम्मु-कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।

    भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।

    संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका थिए । यद्यपि, आइतबार बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार