काठमाडौं, २८ वैशाख । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा। दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो।
उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ।
सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ।
प्रारम्भिक छानबिनमा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको बताइएको छ। सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरुलाई सेना मातहत राखिएको हो।
तर, कानूनी कारबाहीको दायरामा पर्ने दुईजना अवकास प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्व जमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ।
चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ।
नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायहरूलाई थप कारबाहीका लागि जिम्मेवारी तोकेको हो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend