रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको बिभिन्न सामान सहित तीन थान मोटरसाईकल बरामद गरेको छ।
बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको कपडा, किराना , लगायतका सामान बोकेको तीनथान मोटरसाईकल बरामद गरेको हो।
प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाईकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ। तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाईकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एकलाख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ।
बरामद कपडा, किराना लगायतका सामान संगै तीनवटै मोटरसाईकलको कुल चारलाख ४२ हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि बिहीवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend