काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा हाँस्न नसक्ने बताएका छन् ।
काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको भन्दै प्राप्त उपलब्धिमाथि प्रहार गरी हत्या गरेकाे बेलामा हाँस्न नसक्ने बताए ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले शनिबार आफूले जनता हसाँएकामा आपत्ति जनाएको भन्दै र आफू मान्छे मार्दै, विधुवा बनाउन जान नसक्ने भन्दै कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा आफूहरु हाँस्न नसक्ने बताए ।
“उहाँले जनतालाई हसाउँनु भएकामा मलाई पीर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौं । हामी झन्डै-झन्डै बा-आमा मरेपछि चिन्ता हुन्छ परिवारका सबैलाई । त्यो बेलामा हामी हाँस्न सक्दैनौं । हामी कमिक गर्न सक्दैनौं । तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ,’’ उनले भने ।
प्रचण्डले संविधानमाथि प्रहार देश स्तब्ध भएको आफूहरु हाँस्न नसक्ने बताए । उनले ओलीलाई कमिक गर्ने स्वतन्त्रता रहेको पनि बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend