Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, बैशाख २५ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (बिहिबार) पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार