काठमाडौं । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।
आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ।
शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम गर्दछ भनेर अध्ययन गर्नु मुख्य उदेश्य हो ।
शुभांशु शुक्लाको नेतृत्वमा यो मिसनको सबैभन्दा रोचक प्रयोग हुनेछ । तिनीहरूले खासमा सलादको बीउहरू त्यसमा पनि विशेष गरी हरियो मुगु र मेथी अन्तरिक्षमा अंकुराउने प्रयास गर्नेछन्।
प्रश्न यो छ कि यी बिरुवाहरू पनि ‘माइक्रो ग्रेविटी’मा बढ्न सक्छन कि सक्दैनन र तिनीहरूले पृथ्वीमा जस्तै बढ्नको लागि वातावरण पाउँछन कि पाउँदैनन् भनेर हेर्नु हो । यो प्रयोग अन्तरिक्षमा भारत केन्द्रित खाद्य प्रयोगहरू सञ्चालन गर्ने इशोरोको प्रयासहरूको एक हिस्सा हो। मूगु र मेथीलाई छनोट गरिएको छ किनभने तिनीहरू सामान्य भारतीय आहारको भाग मात्र होइन तर पौष्टिक र औषधीय गुणहरू पनि उत्तिकै रहेका छन्।
इशोरोको माइक्रोग्रेविटी प्लेटफर्म एण्ड रिसर्च हेड तुषार फडनीसले भर्चुअल प्रेस मिटमा बताए कि यी बीउहरू अन्तरिक्षमा मात्र अंकुरिने छैनन्, पृथ्वीमा फिर्ता ल्याएर गहिराइमा विश्लेषण पनि गर्नेछन्। उनले भने, ‘हामीले मुग र मेथीको दाना अंकुराउने प्रयास गर्दैछौं। यसमा औषधीय गुण छ। यी अंकुरण भएका बीउ फर्किएपछि उनीहरूको अवस्था कस्तो छ भनेर हेर्न चाहन्छौं।’
तर शुभांशु शुक्लाको नेतृत्वमा रहेको उक्त प्रयोगलाई लिएर वैज्ञानिकहरुको मनमा अनेकौ प्रश्न रहेका छन् । यसको जवाफ यो मिसन पूरा भएपछि थाहा हुनेछ। वास्तवमा यो प्रयोग मार्फत जानकारी सङ्कलन गरिनेछ कि पृथ्वीमा जस्तै अन्तरिक्षमा बीउ अंकुराउन सक्छ ? वा अन्तरिक्षमा उपस्थित सूक्ष्म जीवहरूले बोटबिरुवाको वृद्धिलाई असर गर्नेछ ? के तिनीहरूको पोषणको तत्व उस्तै रहनेछ ?
यस प्रयोगको उद्देश्य अन्तरिक्ष यात्रीहरूले भविष्यमा आफ्नै ताजा खाना उत्पादन गर्न सक्छन् कि सक्दैनन भनेर बुझ्नु हो। यो विशेष गरी ती मिसनहरूका लागि महत्त्वपूर्ण छ जुन लामो अवधिको लागि हुने गरेको छ र जहाँ जमिनबाट आपूर्ति गर्न सहज सम्भव छैन। यो अवस्थालाइ परिपुर्ति गर्न बैज्ञानिकहरू अन्तरिक्षमा नै खाधान्न उत्पादन गर्ने कोशिश गरिरहेका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend