Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतको मिसाइल आक्रमणमा परी ३० जनाको मृत्यु, पाँच सैन्य जेट खसालेको पाकिस्तानको दाबी


    बुधबार, बैशाख २४ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतले पाकिस्तानमा गएराति मिसाइल आक्रमण गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।

    सो आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको भारतीय मिडियाले उल्ल्लेख गरेका छन् । पहलगाम आतंकवादी आक्रमण भएको १५ दिनपछि भारतले पाकिस्तानमाथि मिसाइल अहमला गरेको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

    भारत सरकारद्वारा जारी विज्ञप्तिामा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’

    भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरी आतंकवादी केन्द्र ध्वस्त पारेको दाबी गरेको छ । यता पाकिस्तानले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ ।

    पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार पाकिस्तानी सेनाले फ्रेन्च लडाकु विमान राफेल तीनवटा, एक सुखोइ र एक मिग लडाकु विमान खसालेको छ । तर यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानले भारतीय आक्रमणको उचित जवाफ दिने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार