Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्छी श्रीमतीको हत्या गरेर पोखराका बरालले गरे आत्महत्या


    मंगलबार, बैशाख २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा १७ का ऋषिराम बरालले घरायसी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

    कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बरालले घरायसी विवादमा धारिलो हतियार प्रयोग गरेर कान्छी श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए ।

    ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बसदै आउनुभएका उहाँले घरायसी झगडामा धारिलो हतियार प्रयोग गरेर श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने ।

    घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार