काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो ।
सरकारको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा दोस्रो चरणको आन्दोलनको घोषणा गरेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रम गर्ने भएको छ।
बैठकमा अध्यक्षद्वय प्रचण्ड-नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा केपी ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो ।
तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए । यस्तै शुक्रबार सकिएको सातौं स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend