Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रिसा साह मृत्यु प्रकरणः परराष्ट्र मन्त्रालयद्वारा छानबिनका लागि कूटनीतिक पहल सुरु


    शुक्रबार, बैशाख १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला प्रकरणमा घटनाको सत्यतथ्य छानबिन गर्न परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।

    कलिंगा विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा बिहीबार साँझ आफ्नै कलेज होस्टलको कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

    गएको ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । उक्त घटनापछि नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए । विश्वविद्यालले कर्मचारीलाई कारबाही गर्ने बताएपछि आन्दोलन रोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार