काठमाडौं । भारतीय विदेशमन्त्री एस जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा शुक्रबार मध्यान्हबाट सुरू भएको नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विदेशमन्त्री जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए ।
बैठकको सुरुमा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री जयंशकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए ।
उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका थिए । साथै उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि यो बैठकको प्रमुख उद्देश्य भएको बताए ।
त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए ।
नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताएका थिए । त्यसैगरी उनले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले दुई देशको सम्बन्धलाई गतिशीलताको नयाँ आयाम थपेको बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend