काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन समारोह एक विशेष समारोहबीच सम्पन्न भएको छ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह लगाई दिएसँगै हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण, प्रशासनिक सुधार, मानव श्रोत व्यवस्थापन र संगठनको दीर्घकालीन हितका लागि प्रभावकारी कार्य योजना, नीति निर्माण र रणनीतिक योजनाहरू तयार गर्न निर्देशन दिएका छन् ।
उनले प्रहरी सेवालाई थप व्यावसायिक, पारदर्शी र जनमुखी बनाउन नवपदोन्नति अधिकृतहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend