Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा राजनीतिक भूकम्पकोे सुरुवात : गृहमन्त्री थापा


    शुक्रबार, माघ २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा संसद बिघटनपछि राजनीतिक अस्थिरता बढेको बताएका छन् । गृहमन्त्री बादलले संसद बिघटनपछि राजनीतिक अस्थिरताको सुरुवात भएको भन्दै यसलाई राजनीतिक भूकम्पकोे नाम थिएका छन् ।

    भूकम्प दिवस अवसरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा उनले उनले दैबी बिपत्तीबिरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

    भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो। यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिको थियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएका थिए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार