रौतहट । भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्।
बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११ का २३ वर्षीय कार चालक नितिश कुमार ठाकुर र वीरगंज महानगरपालिका १६ का २६ वर्षीय सिद्वान्त प्रसाद पटेल रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएस्पी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।
सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ईलाका प्रहरी कार्यालय अमलेखगंज अगाडि वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर विआर ०५ बिए ४८१७ को चेकजाँच गर्दा पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाईराखेको २ हजार ९६५ पत्ता० २९हजार, ६५ नशालु क्याप्सुल बरामद गरेको हो प्रवक्ता पण्डितले जानकारी दिएका छन्।
मंगलवार साँझ पक्राउ परेका दुवै जनालाई लागुऔषध र कार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा संचालित लागुऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
मकवानपुरको बिकट ठाउँमा उत्पादित लागुऔषध गाँजा, चरेस, अफिम, तस्करहरुले बिभिन्न चोर बाटो हुँदै भारतीय क्षेत्रमा पुर्याउने गर्दछन भने भारतमा उत्पादित नशालु ईन्जेक्सन, ट्याबलेट र सिरप राजधानी काठमाडौं सम्म पुर्याउने गर्दछन्। मधेश प्रदेशको ८ जिल्ला मध्ये सबै भन्दा बढी बारा प्रहरीले लागुऔषध नियन्त्रण तर्फ सक्रियता देखाउँदै यस आर्थिक बर्षको साउन देखी चैत मसान्तसम्म ९ महिनाको अवधिमा १०४ जना कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend