रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन नियन्त्रणमा लिएको छ।
यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ।
तस्करीको अवैध सामान ओसार पसारमा प्रयोग गरिएका तथा अवैध १४३ वटा सवारी साधन र बिभिन्न अपराधिक गतिबिधि तथा घटनामा संलग्न १८ जना ब्यक्तिलाई प्रकाउ गरि कारवाहीको दायरामा ल्याइएको छ।
सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको १८ स्थापना दिवसको अवसरमाआयोजित बिशेष समारोहका बीच सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बैशाख १३ गतेसम्म भएको उपलब्धिको प्रतिबेदन सार्वजनिक गरेका थिए। सोही अवधिमा भारतसँगको ३२ किलोमिटर लामो अन्तराष्ट्रिय सीमाको सुरक्षालाई थप व्यवस्थित बनाउन लागिपरेको उनले बताएका थिए।
सीमा क्षेत्रका शान्ती सुरक्षा प्रभावकारी बनाउन १३८ पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको, ९ वटा स्थानमा दशगजा अतिक्रमण हटाईएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १ वटा सार्बजनिक शौचालयको निर्माण, ३ वटा चापाकल निर्माण र १ वटा सार्वजनिक चौतारा निर्माण कार्य सम्पन्न गरिएको एसपी बस्नेतले प्रतिवेदनमार्फत बताएका थिए।
लागु औषध सीमा अपराध जस्ता बिषयमा ११७ वटा सचेतनामुलक कक्षा संचालन गरिएको छ। विपद्जन्य घटनाहरुमा उद्दार, राहत तथा पुनस्थापना जस्ता कार्यमा अहोरात्र खटिदै आईरहेको छ । जिल्लामा बाढी तथा डुबान, आगलागी, सवारी दुर्घटना लगायतका १६६ वटा घटनाहरुमा ९१७ जना जनशक्ति परिचालन गरिएको उनले बताएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend