Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावको माहौल बनाउन ओलीको निर्देशन


    बिहिबार, माघ १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न निर्देशन दिएका छन् ।

    उनले स्थायी कमिटीका नेताहरुलाई उक्त निर्देशन दिएका हुन् । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन पनि निर्देशन दिए ।

    माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गरेका थिए ।

    भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएका थिए । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार