काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने बताएका छन् ।
काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रचण्ड-नेपाल पक्षीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने भएकाले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति भरोसा रहेको बताए ।
आफूहरूलाई भगौडा भनिएकोप्रति आपत्ति जनाउँदै ओलीलाई प्रचण्डले पश्न गरे, ‘७२ प्रतिशत केन्द्रीय समिति भएको पक्ष भगौडा हुने, अनि ३० प्रतिशत पनि नभएका चाहिं आधिकारिक? केपी ओलीको दिमागबाहेक अन्त कहीँ यस्तो हुन्छ?’
बैठक बस्न आग्रह गर्दा सधैं भाग्ने ओली नै भगौडा भएको उनको तर्क थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको उनको आरोप छ। दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे ।
निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफ्नै बताए । ओलीले जस्तै संवैधानिक निकायले निर्णय गरे राजनीतिक आँधीहुरी आउने उनले बताए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend