Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले भेटे प्रधानमन्त्री


    सोमबार, बैशाख ८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुख्यमन्त्री शाह र पूर्वमूल्यमन्त्री रावलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीचको भेटवार्तामा प्रदेशको विकास र संवृद्धिबारे छलफल भएको बताइएको छ ।

    मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । त्यस्तै आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री शाहले आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार