Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविको बन्दी प्रत्यक्षकरण रिट न्यायाधीश फुयाँलको इजलासमा


    सोमबार, बैशाख ८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै छ ।

    लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा पेसी तोकिएको हो ।

    बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेपछि लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।

    उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यसअघि कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो । उक्त आदेशपछिको सुनवाइ नहुँदै रविका तर्फबाट श्रीमती निकिताले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार