काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले काठमाडौंको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न नदिने रणनीतिसहित निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको बताए । सरकारले सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने बताएसँगै प्रहरीले निषेधित क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएको हो । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
त्यस्तै सुचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू खटिनेछन् । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् ।निषेधित क्षेत्र तोड्न नदिन प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने प्रहरीले सुरक्षा रणनीति बनाएको छ ।
कहाँ-कहाँ खटिएका छन् प्रहरी ?
संहदरबार र सर्वोच्च अदालतलाई लक्षित गर्दै भद्रकाली र माइतीघरमा कर्डन ड्युटी राखिएको छ । भद्रकालीबाट सिंहदरबारतर्फ जाने सडकमा अलग्गै टोली तैनाथ छ ।
संसद भवनलाई लक्षित गर्दै बबरमहल र तीनकुनेसम्म पनि अघिल्लो दिनको तुलनामा सुरक्षाकर्मीहरुको टोली बढि तैनाथ छ । राष्ट्रपति भवनलाई लक्षित गर्दै महाराजगञ्ज, नारायणगोपाल चोकदेखिकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीतर्फ जाने सडकलाई दृष्टिगत गर्दै अर्को त्यहाँ अलग्गै ड्युटी खटाइएको छ ।
लैनचौरमा रहेको उपराष्ट्रपति कार्यालयको सुरक्षाका लागि बालाजुबाट आउने सवारी साधनलाई अस्कल क्याम्पसबाटै अगाडि बढ्न नदिइने भएको छ । उक्त रुटबाट आउने सवारी साधनलाई होटल मल्लको छेउबाट ठमेल हुँदै डाइभर्ट गरिने योजना प्रहरीले बनाएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षाका निम्ति नक्साल, भाटभटेनी मन्दिरसँगैको ढुंगेधारामा कर्डन ड्युटी तोकिएको छ । सभामुखको निवासतर्फ जानसक्ने भिडलाई नियन्त्रणमा लिन गैरीधाराबाट खोर्सानीटार जाने स्थानमा कर्डन ड्युटी तोकिएको छ ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend