काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले काठमाडौंको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न नदिने रणनीतिसहित निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको बताए । सरकारले सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने बताएसँगै प्रहरीले निषेधित क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएको हो । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
त्यस्तै सुचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू खटिनेछन् । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् ।निषेधित क्षेत्र तोड्न नदिन प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने प्रहरीले सुरक्षा रणनीति बनाएको छ ।
कहाँ-कहाँ खटिएका छन् प्रहरी ?
संहदरबार र सर्वोच्च अदालतलाई लक्षित गर्दै भद्रकाली र माइतीघरमा कर्डन ड्युटी राखिएको छ । भद्रकालीबाट सिंहदरबारतर्फ जाने सडकमा अलग्गै टोली तैनाथ छ ।
संसद भवनलाई लक्षित गर्दै बबरमहल र तीनकुनेसम्म पनि अघिल्लो दिनको तुलनामा सुरक्षाकर्मीहरुको टोली बढि तैनाथ छ । राष्ट्रपति भवनलाई लक्षित गर्दै महाराजगञ्ज, नारायणगोपाल चोकदेखिकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीतर्फ जाने सडकलाई दृष्टिगत गर्दै अर्को त्यहाँ अलग्गै ड्युटी खटाइएको छ ।
लैनचौरमा रहेको उपराष्ट्रपति कार्यालयको सुरक्षाका लागि बालाजुबाट आउने सवारी साधनलाई अस्कल क्याम्पसबाटै अगाडि बढ्न नदिइने भएको छ । उक्त रुटबाट आउने सवारी साधनलाई होटल मल्लको छेउबाट ठमेल हुँदै डाइभर्ट गरिने योजना प्रहरीले बनाएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षाका निम्ति नक्साल, भाटभटेनी मन्दिरसँगैको ढुंगेधारामा कर्डन ड्युटी तोकिएको छ । सभामुखको निवासतर्फ जानसक्ने भिडलाई नियन्त्रणमा लिन गैरीधाराबाट खोर्सानीटार जाने स्थानमा कर्डन ड्युटी तोकिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend