Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपा सांसद धवलशमशेरलाई उपचारका लागि छाड्ने तयारी


    शुक्रबार, बैशाख ५ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।  उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    क्यान्सरका बिरामी रहेका धवललाई नियमित चेकजाँचको लागि अस्पताल जानुपर्ने भएकोले उनलाई छाड्न लागिएको बताइएको छ । उनी उपचारको लागि भारत जाने र उपचार लगत्तै पुनः कानुनी प्रक्रियामा ल्याइने तयारी छ ।  ‘अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो,’ गृह स्रोतले भन्यो, ‘लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ ।’

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार