सुर्खेत । बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोलि चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रम्मा गोलि चलाएको आरोप लागेको हो ।
नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको व्यारेकमा गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको व्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो विदाईमा पटका पड्काएको बताए । पटका र हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend