काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको अवस्थामा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा भट्टले राजिनामा दिएका हुन् । उनी गभर्नर बन्ने पक्का भएको भन्ने खबर बहिरिरहेको बेला उनको राजिनामा अर्थपुर्ण रहेको अधिकारीहरु बताउँछन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो।
सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। अब सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ। अर्थविद् पौडेल हाल भारतमा छन्। उनी आएपछि समितिको बैठक बस्नेछ।
सत्ता साझेदार दल नेपाली कांग्रेस(नेकपा एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन। तर, कांग्रेसले भट्टलाई नै गभर्नर बनाउन अडान कायमै राखिरहेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेर गभर्नर कांग्रेसको भागमा दिन सहमत भएका थिए।
बुधबार कांग्रेस(एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भट्टको नाम लिएर देउवाले गरेको प्रस्तावमा ओलीले समर्थन जनाएका थिए। गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।
बिहीबार मात्रै पनि सभापति देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा पनि यस विषयमा नेताहरूलाई ब्रिफिङ गरेका थिए।
यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। भट्ट यसअघि कांग्रेसबाट अर्थमन्त्री बनेका डा।प्रकाशशरण महतको आर्थिक सल्लाहकारसमेत थिए।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend