Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु


    शुक्रबार, बैशाख ५ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु भएको छ । संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो ।

    नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो ।

    उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो ।

    संसदीय समितिमा विधेयकमाथी छलफल चल्दा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार