विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा क्लिन स्विप भएको छ । हिजो राती सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।
सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सिमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।
सदस्यहरु सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली पक्षधर संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको बिराटनगर एमालेका एक नेताले बताए ।
जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ बिजयी हुदाँ ओली पक्षधर राम पोखरेल भने १३६ मतमा सिमित भएका थिए भने सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली पक्षधरका नवराज काफ्ले भने १०४ मा सिमित भएका थिए ।
उता, ओली पक्षधरका उप सचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद बिजयी भएका थिए । साथै, ओली पक्षधरका कला डाँगी १११ मतमा मात्रै पाउँदै संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर बिजयी भइन् ।
सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवार पराजित गर्दै ढकाल समुहले बर्चश्व मारेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend