Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • यसरी बन्दैछ त्रिवि क्रिकेट मैदान, सहरी विकास मन्त्री पुग्दा जे देखियो


    बिहिबार, बैशाख ४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् ।

    बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरेका छन् ।
    निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

    ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भए पनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे ।

     

    कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । झरी परिरहेकै बेला उपप्रधानमन्त्री सिंह कीर्तिपुर पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार