Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बनेको २७ वर्षपछि कार्यान्वयनमा आयोडिनयुक्त नुन सम्बन्धी ऐन


    बिहिबार, बैशाख ४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आयोडिनयुक्त नुन सम्बन्धी ऐन जारी भएको २७ वर्षपछि कार्यान्वयनमा आउने भएको छ । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनका लागि बाटो खुलेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    ऐन कार्यान्वयनसँगै यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानका लागि कानुनी बाटो खुलेको मन्त्रालयले जनाएको छ ।

    ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भएको थियो । उक्त सूचनामा तोकिएको मितिबाट ऐन कार्यान्वयन हुने भनिएको थियो । तर, त्यसयताका सरकारले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन लागू भएको थिएन ।

    जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । साढे २ दशकपछि मन्त्रालयलाई काम अघि बढाउन कानुनी बाटो खुला भएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार