Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक


    बिहिबार, बैशाख ४ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ। सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा आकस्मिक बैठक बसेको हो ।

    बैठकमा एक सहभागी नेताका अनुसार दुई घण्टादेखि बैठक चलिरहेको जानकारी दिए। बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको हो।

    पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन्।

    केपी ओली नेतृत्वको सरकार प्रति देखिएको असन्तुष्टि पछि कांग्रेसले छलफलमा डाकेको हो ।

    हिजो साँझ दुइ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार