Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कवाडी संकलन केन्द्रमा महानगरको डोजर


    बिहिबार, बैशाख ४ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ ।

    महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो । ‘पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने ।

    त्यसका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ । डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन् । ‘ढुंगा लागेर डोजरको सिसा फुटेको छ,’ अर्यालले भने ।

    उनका अनुसार डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार