Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)


    बिहिबार, बैशाख ४ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

    बिहिवार अनुगमन कार्यालयले दुई कम्पनीलाई एक वर्ष छ महिना र दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

    विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एस।एम। कन्सट्रक्सन मकवानपुर, फर्निचर सस्मलि उद्योग मध्य नेपाल लमजुङ र शारदा नगरपालिका सल्यानको गौरी गोमा निर्माण सेवालाई कालो सूचीमा राखिएको हो ।

    कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार