Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित


    बुधबार, बैशाख ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा जारी आईसीसी यू(१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकाल्न सफल भएको हो ।

    तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२।३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो ।

    नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

    नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ ।

    आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार