Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दक्षिण कोरियाले तीन नेपालीलाई गर्‍यो निष्कासन


    सोमबार, बैशाख १ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ । कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल पठाएको हो ।

    निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको जनाइएको छ । उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए । उनीहरूलाई यसै साता नेपाल पठाइएको हो ।

    पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ । अवैध रूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार