Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने


    आइतबार, चैत्र ३१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् ।

    निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

    आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठुला साना संगठनले निजामती क्षेत्रका माग अबिलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन् । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्द आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

    यसरी आन्दोलनको चेतावनी दिनमो नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन् ।

    निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार