रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पंचायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
गएराती साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भईरहेको सूचनाको आधारमा प्रस्तावित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी दिनेश बस्नेतको कमान्डमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट लक्ष्मीपुरसहितबाट गएको गस्ती टोलीले भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको हो ।
उनको साथबाट गोली म्याग्जिन नभएको अटोमेटिक पेस्टोल १ थान र प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाईल १ थान, हातको बाला २ थान बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।
बरामद पेस्तोल र लागुऔषध अन्य सामान सहित पक्राउ परेका किशन कुमार लाई आवश्यक कारवाहीको लागि गएराती १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटले जनाएको छ। भारतीय नागरिकले उक्त पेस्तोलको गोली सहित म्याग्जिन राती अंध्यारोमा कतै फालेको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend