Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेस प्रदेश सभाको चौथो अधिवेसन अन्त्य


    आइतबार, चैत्र ३१ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज राती १२ बजेदेखि लागु हुने गरी अन्त्य हुने भएको छ ।

    शनिबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिस अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

    प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत सुरेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदबाट चौथो अधिवेशन अन्त्य गर्ने सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

    पुस २३ गतेदेखि चैत २८ गतेसम्म चलेको चौथो अधिवेशनमा २३ वटा बैठक बसेको थियो भने यस अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार